जुडोमा नेपाल पराजित

काठमाडौँ । एशियन गेम्स अन्तर्गत आजदेखि शुरु भएको जुडोमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पहिलो चरणमै पराजित भएका छन् । 

आज भएको पुरुष ६६ केजीमुनिको राउण्ड अफ ३२ को स्पर्धामा नेपालका श्रेष्ठ उत्तर कोरियाका किम ह्योङ अनसँग १०–० ले पराजित भए । श्रेष्ठ कोरियाली खेलाडीसँग १ मिनेट २१ सेकेण्डमै पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । यसैगरी महिला ५२ केजीमुनिको तौल समूहमा खड्का जापानकी नातसुमी तिसुनोदासँग १०–० को अन्तरमा पराजित भइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?