२६ श्रावण २०७९, बिहीवार

नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति

२०७९,असार,१६,बिहीवार १३:३९

27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको हो । अब कम्पनी रजिस्ट्रारको कार्यालयले पनि स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ सेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । अर्थात् नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले प्राप्तिपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् ।

दुवै कम्पनीको गएको ७ जेठमा बसेको छुट्टाछुट्टै विशेष साधारणसभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित मिति: २०७९,असार,१६,बिहीवार १३:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट दुई करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट

काठमाडौं । फाइनान्स कम्पनीहरुको खुद मुनाफामा गिरावट आएको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरु मध्येमा हालसम्म १४ वटाले

काठमाडौं । बैंक अफ काठमान्डूले २ भदौबाट ११ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक

ताजा समाचार

९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४