सेयर बजारमा हरियाली, नेप्से २ हजारको बिन्दुमाथि उक्लियो

लोकपथ
143
Shares

काठमाडौं । बिहीबार सेयर बजारमा रौनकता देखिएको छ । बजार खुलेको करिब साढे २ घण्टामा बजारमा ३.२९ प्रतिशतको वृद्धि देखिएको छ ।

१ बजेर २५ मिनेट जाँदा नेप्से परिसूचक ६४.५६ अंकले बढेर २०२७.२७ बिन्दुमा पुगेको छ । बलिया र राम्रा कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११.२३ अंकले बढेर ३९०.३८ बिन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म १३ वटै सूचकमा हरियाली छाएको छ ।

सिवाईसी लघुवित्त, आँधीखोला लघुवित्त, नेपाल फाइनान्स लगायतको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।

त्यस्तै कारोबारमा शिवम सिमेन्ट अब्बल देखिएको छ । यो समाचार तयार पार्दासम्म कारोबार पनि एक अर्ब ४५ करोड नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?