२६ श्रावण २०७९, बिहीवार

बजेट निर्माणका क्रममा बाहिरी मान्छेको संलग्नताबारे सुवास नेम्वाङले मागे प्रधानमन्त्रीको जवाफ

२०७९,असार,१६,बिहीवार १३:१७

18
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

पूर्वसभामुख समेत रहेका उपनेता नेम्वाङले आफ्नो पार्टीले संसदमा सो कुरा उठाएपछि अर्थ मन्त्रालयको फुटेज हेरेर भएपनि त्यो तथ्य बाहिर ल्याउन प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन् ।

संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको तर्फबाट एक जना प्रतिनिधि राखेर अर्थ मन्त्रालयको फुटेज हेरेपछि बजेट निर्माणमा अनाधिकृत मान्छे अर्थमन्त्री शर्माले सामेल गराएको हो, होईन ? यथार्थ कुरा बाहिर आउने पनि स्पष्ट पारे ।

प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा सो कुरा उठाउने तर अर्थमन्त्रीले होईन भनेपछि छानबिन नगर्ने कुराले संसदलाई कमजोर बनाउने उपनेता नेम्वाङको भनाइ थियो ।

उपनेता नेम्वाङले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कसले अघि बढाएको भन्ने विषयमा विवाद भएपछि सरकारले त्यसलाई छानबिन गरेर तथ्य बाहिर ल्याउन ढिलाई गर्न नहुने पनि पटकपटक दोहोर्याए ।

प्रकाशित मिति: २०७९,असार,१६,बिहीवार १३:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह

१. देशभर निर्वाचनको माहोल तात्दै, निर्वाचन प्रयोजनको लागि आयोगले आह्वान गरेअनुसार आज चौथो दिन पनि दल दर्ता जारी, आज थप

काठमाडौं । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ सकमक्षी वाङ यीबीच भेटवार्ता भएको छ ।

ताजा समाचार

थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,श्रावण,२६,बिहीवार ०७:२१
रियल मड्रिडलाई सुपर कप उपाधि
 २०७९,श्रावण,२६,बिहीवार ०७:१९