२३ श्रावण २०७९, सोमवार

रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती : गभर्नर अधिकारी

२०७९,असार,१६,बिहीवार १३:०८

54
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन् ।

बुधबार नेपाल चार्टड एकाउण्टेन्ट्स संघको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन् । गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा संकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए ।

उनले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताए । उनले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि बताए । गभर्नर अधिकारीले चार्टड एकाउण्टेन्ट्सहरुले दिने भुमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनैपनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टड एकाउण्टेन्ट्स संघ तयार रहने बताए । उनले चार्टड एकाउण्टेन्ट्सहरु विभिन्न संघसंस्थाहरुको प्रमुख भुमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आइरहेकाले जुनसुकै समस्याको विषयमा समधान गर्नसकिने बताए ।

अध्यक्ष पाण्डेले सरकारी तथा स्थानीय निकायमा समेत चार्टड एकउण्टेण्ट्हरुको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जवाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्ने बताए ।

संघको नयाँ कार्यसमितिमा सर्व सहमतबाट अध्यक्षमा दीपक पाण्डे, उपाध्यक्ष सुशील घिमिरे, महासचिवमा प्रदीप सिग्देल, कोषाध्यक्षमा वर्ष बराल चयन

भएका छन्। त्यस्तै, सदस्यहरूमा पृथ्वी पुन मगर, सुजन सुवेदी, विवेकराम भण्डारी, शंकर अर्याल, मिसन महत र अस्मिता त्रिपाठी चयन भएका छन्।

प्रकाशित मिति: २०७९,असार,१६,बिहीवार १३:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । माई पे डिजिटल वालेटले नयाँ विशेषता सहितको माई पे क्वाइन सार्वजनिक गरेको छ । एक क्वाइन बराबर एक

काठमाडाैं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ ‘टु-एस’ सर्भिस

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ ।

ताजा समाचार