प्रहरी निरीक्षक चुडामणि केसीको शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरी नायव निरीक्षक चुडामणि केसीको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको पाइएको छ । 

उनले भारतबाट नक्कली प्रमाणपत्र ल्याई जागिर खाएको खुल्न आएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

ईण्टरमिडियटसरहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिर्इ प्रहरी नायव निरीक्षक पदमा बढुवासमेत भर्इ लाभ लिएको देखिन आएको भन्दै  भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?