खुमन अधिकारी र शान्ती श्री परियारको तीज गीत ‘थरी थरी भोले’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
78
Shares

काठमाडौं । हिन्दु नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ ।

तीजलाई लक्षित गर्दै लोकदोहारी गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘थरी थरी भोले’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

गीतलाई शिव दर्शन फिल्म्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । शिव दर्शन फिल्म्स कि निर्देशक समेत रहेकी कलाकार गायत्री थापाको निर्देशनमा रहेको तीज गीतमा गायक खुमन अधिकारी, अन्जली अधिकारी र अभिषेक खड्काको अभिनय रहेको छ ।

रविन लामिछानेको शब्द रहेको गीतमा खुमन अधिकारीकै संगीत रहेको छ भने संगीत संयोजन सुनिल परियारको रहेको छ । भिडियोमा नविन घर्ती मगरको सम्पादन रहेको छ । गीतमा नजिकिदै गरेको महिलाहरूको महान चार्ड तिजलाई उकृष्ट ढंगले प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?