३१ आश्विन २०७८, आईतवार

चर्कियो इन्जिनियरिंग कलेजको विवाद

२०७५,भाद्र,१३,बुधबार ०९:५५


भक्तपुर । लामो समयदेखि चल्दै आएको नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरको विवादले चर्काे रुप लिन थालेको छ । नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित कलेज त्यही रुपमा चलाउने र निजीकरण गरेर नाफा लिई चलाउने दुई पक्षको विवादमा शिक्षक र कर्मचारी पनि संलग्न हुन थालेपछि विवादले चर्काे रुप लिन थालेको हो । 

कलेजमा कार्यरत शिक्षक तथा कर्मचारी संघर्ष समितिले सोमबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटसमक्ष ज्ञापनपत्र बुझाई कलेज जोगाउन आग्रह गरेका छन् । शिक्षकका तर्फबाट सहप्राध्यापक दुर्गाप्रसाद भण्डारी र कर्मचारीको तर्फबाट मनोहर खनालको हस्ताक्षर रहेको संयक्त ज्ञापनपत्रमा कलेजको अवस्था वन्द हुने क्रममा पुगे पनि जिल्ला प्रशाशन कार्यालय, स्थानीय निकायको रुपमा रहेको चाँगुनारायण नगरपालिका लगायतका अभिभाबकत्व गर्नेहरु चुप लागेर बसको आरोप लगाइएको छ ।  

बुझाइएको ज्ञापनपत्रमा सीडीओ चुप लागेर वस्नुले मिलेमतो भएको शंका उत्पन्न भएको उल्लेख छ । दुई अर्व भन्दा वढी चल अचल सम्पती हडप्ने निजीकरण गर्ने पक्षमा रहेका सञ्चालकहरुको नेतृत्व गर्दै आएका पूर्व अध्यक्ष एवं सञ्चालक समितिका सदस्य एवं पूर्व अध्यक्ष लम्वोदर न्यौपानेको योजनामा सीडीओको मिलेमतो रहेको आरोप उनीहरुले लगाएका छन् ।

गएको वैशाख ३१ गते शिक्षक कर्मचारी संघर्ष समिति गठन भएको र समस्या समाधान सम्वन्धी विषयमा जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता नम्वर २५०१ अन्तर्गतको पत्र पनि केही सुनुवाई नभएको अवस्था रहेको बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । स्थितिको जटिलताको समाधान प्रमुख जिल्ला अधिकारीबाट नआएको भन्दै शिक्षक कर्मचारीहरुले असन्तुष्टीसमेत प्रकट गरेका छन् । संघर्षरत शिक्षक कर्मचारीहरुले सीडीओ नारायणप्रसाद भटलाई पटकपटक उनकै कार्यकक्षमा भेटी समस्या समाधान गरिदिन अनुरोध गर्दा अध्ययन गर्नुपर्छ भनी आलटाल गरेको उनीहरुको आरोप छ । 

ज्ञापनपत्रमा संस्थामा भएका आर्थिक अनियमितताको छानविन गरी दोषिमाथि कडा कारबाही हुनुपर्ने माग पनि उल्लेख गरिएको छ । दुई अर्व भन्दा वढी चल अचल सम्पती रहेको नेपाल इन्जिनियरि कलेजलाई प्रालि बनाई वेच्ने प्रयास यसअघि नै लम्वोदर न्यौपानेले गरेका थिए ।

ज्ञापनपत्र बुझाउनु अघि सयौँंका संख्यामा आएका कलेजका शिक्षक कर्मचारीहरुले प्रशाशन अगाडि विरोध याली निकालेका थिए । पर्यटक बस पार्क भक्तपुरबाट विभिन्न नारा लेखिएका कार्ड बोकी उनीहरु प्रशाशन पुगेका थिए ।  

सामाजिक संस्था ऐन अनुसार गैर नाफा मुलक रुपमा सञ्चालनमा रहेको कलेज एक पक्ष सोही रुपमा र अर्काे पक्ष नाफा कमाउन निजीकरण गर्नुपर्नेमा रहेका छन् । सात सदस्यीय सञ्चालक समितिमा पाँंच जना प्रालि गरी वेच्ने पक्षमा छन् भने दुई जना नाफा नलिई सञ्चालन गर्नुपर्ने पक्षमा छन् । सञ्चालक समितिका सदस्यहरु हरिप्रसाद पाण्डे र शलिल भटराई नाफा नलिने पक्षमा छन् भने अन्य सदस्यहरु लम्वोदर न्यौपाने, डा रामरत्न उपाध्याय, लवराज भटराई, उपेन्द्र गौतम, र सूर्यवहादुर केसी प्रालि गरी नाफा कमाएर बेच्ने पक्षमा छन् ।

प्रकाशित मिति: २०७५,भाद्र,१३,बुधबार ०९:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

दशैँमा देखिएको केही फरक र मनोरम दृश्यहरु
 २०७८,आश्विन,३१,आईतवार १२:३३