संसद दिवसमा प्रधानमन्त्रीको सन्देश : ‘हामी मुलुकलाई समृद्ध बनाउने अभियानमा छौँ’

लोकपथ
117
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अहिले मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेको बताएका छन् ।

आज ६४औँ संसद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सबै व्यवस्थाहरु फेरिएको र अब अवस्था फेर्ने काममा आफूहरु लागेको बताए ।

मुलुकललाई समृद्ध बनाउने काम एकल प्रयासले मात्र नहुने भन्दै सबैले मिलेर मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो ।’ उनले भने ।

सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताबाट निर्वाचित हुने अहिलेको व्यवस्था सबैभन्दा उपयुक्त रहेको बताए ।

नेपालमा वि.सं २०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको थियो । सो दिनको सम्झनास्वप आजको दिनलाई संसद दिवसको रुपमा मनाइँदै आइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?