नेपालको बजेटमा अनुसाशन छ: अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले धेरै राजस्व उठ्यो भनेर आफु कहिलेपनि गर्व गर्ने अर्थमन्त्रीको रुपमा नरहेको स्पष्ट पारेका छन् ।  

आर्थिक पत्रकार समाज सेजनको १९ औ ‘बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्रीले अहिले आफुले गरेको कामको आलोचना भएको भन्दै कामको प्रतिफल पाउन केही समय कुर्न पनि आग्रह समेत गरेका छन् । 

अर्थमन्त्री डा. खतिवडाले नेपाल दक्षिण एसियाकै आकर्षक आयकर भएको देश रहेको पनि दाबी गरेका छन् । 

खतिवडाले नेपालको अर्थतन्त्र नकारात्मक बिन्दुमा नरहेको पनि उल्लेख गरे । उनले अहिले अर्थतन्त्र सवल बनाउनेतर्फ आफुहरु लागेको भन्दै एक/दुई सुचक नराम्रो छ भन्दैमा सबै सूचक कमजोर भन्न नमिल्ने बताए । 

नेपालको बजेटमा अनुसाशन भएको भन्दै अर्थतन्त्र नराम्रो छ भनेर विदेशी लगानी नआउने बतावरण नबनाउन पनि आर्थिक पत्रकारहरुसँग आग्रह गरेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?