ओली भेट्न बालकोट पुगे वामदेव

लोकपथ
13
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटघाट भएको छ ।

मंगलबार नयाँ दल खोलेका गौतम बिहीबार बिहान ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् ।

भेटघाटका क्रममा गौतमले आफूले नेपालमा कम्युनिष्ट एकता गर्नका लागि नयाँ दल खोलेको बताएका थिए । तर ओलीले भने तत्कालिन नेकपा फुटाउन आफ्नै नेताहरु लागेको भन्दै असन्तुष्टी जनाएका थिए ।

नेकपा विभाजनमा पूर्व माओवादी फ्याक्टर भन्दा पनि पूर्व एमालेहरु नै लागेको भन्दै असन्तुष्टी जनाएका थिए ।

२०७७ फागुन २३ को फैसलापछि पार्टी विभाजन भंग भएसँगै केही समय नेकपा एमालेमा रहेका गौतम पछि नेकपाको एकता गर्ने भन्दै अभियान चलाएका थिए । एमालेबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका गौतमले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र सांसदको हैसियतमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?