२३ श्रावण २०७९, सोमवार

साफको कंग्रेसमा नेपालले महिला साफ आयोजना गर्न प्रस्ताव गर्ने

२०७९,असार,१६,बिहीवार १२:३३

54
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा नेपालले महिला साफ आयोजना गर्न प्रस्ताव गर्ने बताएका छन् ।

साफको साधारणसभा २ जुलाईमा बंगलादेशको ढाकामा हुँदै छ । महासचिव राईले साफ आयोजनाका लागि प्रस्ताव राख्ने र मितिसमेत तोक्ने बताए ।

‘अघिल्लो संस्करणसमेत हामीले नै आयोजन गरेका थियौँ । यो पटकसमेत साफ नेपालमा आयोजना गर्न प्रस्ताव गर्ने निर्णय भएको छ । हामी नेपालमै ल्याउन प्रयास गर्नेछौँ,’ राईले न्युज कारखानासँग भने ।

यसअघि साफको पाँचौँ संस्करण विराटनगरमा आयोजना भएको थियो । उपाधि भने भारतले जितेको थियो ।

साफको साधारणसभामा सहभागी हुन महासचिव राईसँगै केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी बिहीबार बंगलादेशको राजधानी ढाका प्रस्थान गर्दैछन् ।

६ असारमा सम्पन्न एन्फा निर्वाचनमा जोशी निवर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ समूहबाट उपाध्यक्ष पदमा पराजित भएका थिए । पराजित भएसँगै जोशीलाई साफ उपाध्यक्षमा नाम पठाउने एन्फा निर्णय गरेको थियो ।

यसअघि अघिल्लो कार्यसमितिले तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम उपाध्यक्षमा पठाएको थियो ।

राईले यस विषयमा समेत बैठकबाट नै निर्णय हुने बताए ।

प्रकाशित मिति: २०७९,असार,१६,बिहीवार १२:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज

काठमाडौं । राष्ट्रियसभा सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सनको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् । आज (साेमबार) बसेको राष्ट्रियसभा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघले मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय

ताजा समाचार