२३ श्रावण २०७९, सोमवार

एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कंग्रेसमा सहभागी हुने

२०७९,असार,१६,बिहीवार १२:१९

72
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसहित तीन सदस्यीय टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा सहभागी हुने भएको छ ।

एन्फाका अनुसार साफको साधारणसभामा महासचिव राईसँगै केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी बिहीबार बंगलादेशको राजधानी ढाका प्रस्थान गर्दैछन् ।

६ असारमा सम्पन्न एन्फा निर्वाचनमा जोशी उपाध्यक्ष पदमा पराजित भएका थिए । पराजित भए पनि जोशीलाई साफ उपाध्यक्षमा नाम पठाउने एन्फाले निर्णय गरेको थियो ।

यसअघि अघिल्लो कार्यसमितिले तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम उपाध्यक्षमा पठाएको थियो ।

प्रकाशित मिति: २०७९,असार,१६,बिहीवार १२:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज

काठमाडौं । राष्ट्रियसभा सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सनको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् । आज (साेमबार) बसेको राष्ट्रियसभा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघले मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय

ताजा समाचार