३१ आश्विन २०७८, आईतवार

एशिया कप छनोटमा नेपाल ओमनसँग पराजित (तस्वीर सहित)

२०७५,भाद्र,१३,बुधबार ०९:४८


काठमाडौं । एशिया कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । 

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपाल ओमनसँग ७ विकेटले पराजित भएको हो । 

नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाउँदै  पूरा गर्‍यो । ओमानका लागि खावर अलीले नटआउट सर्वाधिक ८४ रनको योगदान दिए । त्यस्तै जिसन मक्सुदले ४५ रन बनाए ।

अली र मक्सुदको जोडीले चौँथो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। त्यस्तै वैभव वाटेगाओनकरले ४१ र जतिन्दर सिंहले ३० रन जोडे। नेपालका लागि कप्तान पारस खड्काले मात्र १ विकेट लिए। ओमानका २ खेलाडी भने रनआउट भए ।

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २१ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि सागर पुनले अर्धशतकिय पारी खेलेका थिए । उनले सर्वाधिक ८३ रनको योगदान दिएका थिए । लामो समय पश्चात राष्ट्रिय टिममा कमब्याक गरेका उनले ८४ बलमा ६ छक्का र २ चौका प्रहार गरेका थिए । 

त्यस्तै, ओपनर ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन जोड्दै पभेलियनमा फर्किए । उनलाई ओमनका जतिन्दर सिंहले क्याच आउट गरे ।   अर्को ओपनर ब्याट्सम्यान सुवास खकुरेल सुरज कुमारले रन आउट गरे । उनले मात्र ४ रन जोडेका थिए ।

यता, कप्तान पारस खड्काले खासै उल्लेख्य प्रर्दशन भने गर्न सकेन् । उनी ८ रन जोड्दै पभेलियनमा फर्किए । उनी ‘एलबिडब्लु’मा आउट भए । पाँचौ नम्बरमा मैदान प्रवेश गरेका दिपेश सिंह ऐरीले ९ रन मात्र बनाए ।

उनलाई नश्रिम खुशीले क्याच आउट गरे ।  आरिफ शेख ३६ रन बनाउँदै बाहिरिए । शेखलाई जेशन माक्सोदले क्याच आउट गरे ।  सागर र आरिफ शेखले उत्कृष्ट पारी खेलेका थिए । 

दुबैले पाँचौ विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हालेका थिए ।  त्यस्तै, रोहित कुमार पौडेल शून्य रनमा आउट भए भने सोमपाल कामीले ५ रन जोड्न सफल भए । 

प्रतियोगिता अन्तर्गत भोली ‘बिहीवार’ नेपालले किन्नारा मैदानमा संयुक्त अरब इमिरेट्स ‘युएई’को सामना गर्नेछ । एशिया कप छनोटमा नेपाल र ओमानसहित ६ राष्ट्रको सहभागिता छ।

प्रकाशित मिति: २०७५,भाद्र,१३,बुधबार ०९:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरे  ‘हिमचितुवा’ ले चुमेका छन् । विश्वका युवा

काठमाडौं । कुश्मा नगरपालिका पर्वतले नेपाली फुटबल टिमलाई नगद सहयोगको घोषणा गरेको छ । साफ च्याम्पियनसिपको फारुइनल पुगेको भन्दै नेपाली

काठमाडौं । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज आइतबार बाट सुरु हुँदैछ । टी-ट्वान्टी विश्वकप

काठमाडौं । भारतका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग बराबरी गरेका छन् । माल्दिभ्समा शनिबार सम्पन्न

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०