२६ श्रावण २०७९, बिहीवार

पोखरा बसपार्क निर्माण प्रक्रिया सुरु

२०७९,असार,१६,बिहीवार १२:०६

0
Shares

पोखरा । जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षसम्म अलपत्र परेको पोखरा बसपार्क निर्माण प्रक्रिया अघि बढेको छ । तत्कालै नाला निर्माण र ग्राभेलको काम अघि बढेको हो ।

अहिले जग्गा सम्याउने काम थालिएको पोखराका मेयर धनराज आचार्यले बताए । आधा भागमा ग्राभेल हालेर सम्याउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गरिएको छ ।

‘बसपार्कलाई कम्तीमा यो वर्ष धुलो र हिलोमुक्त बनाउने छौँ । नाला निर्माण र ग्राभेलको काम भैरहेको छ,’ वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले भने, ‘प्रदेश सरकारले र पोखरा महानगरले मिलेर काम सुरु गरिएको हो ।’ नाला निर्माणमा प्रदेश सरकारले सहयोग गरेको छ । मर्सानी र मेयर आचार्यले बसपार्कको निरीक्षण गरेका छन् ।

ग्राभेल सकिएपछि बाँकी रहेका समस्या सुल्झाएर डीपीआर निर्माण गर्ने र सिटी बसपार्कको रूपमा स्थापित गरिने आचार्यले बताए । गत २५ जेठमा एक कार्यक्रमका बीच बसपार्कको नाला निर्माण कार्यको सुरुवात गरिएको थियो ।

बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । १८ फागुन २०३२ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा अहिले सुकुम्बासी भरिएका छन् । तत्कालीन समयमा अधिग्रहण गरिएको दुई सय पाँच रोपनी जग्गामध्ये अहिले ८१ रोपनी मात्रै बाँकी छ ।

प्रकाशित मिति: २०७९,असार,१६,बिहीवार १२:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका–९

कर्णाली । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत,

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन

बैतडी । बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । नगर

ताजा समाचार

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
 २०७९,श्रावण,२६,बिहीवार ११:३२
वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९
९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४