बिम्सटेकका लागि काठमाडौं चिटिक्क बनाउने प्रयास, विज्ञापन राख्ने होडिङ बोर्डमा भीभीआइपीका तस्वीर

काठमाडौं ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बिहीबार र शुक्रबार काठमाडौंमा हुँदैछ । 

भीभीआइपीको स्वागतको लागि काठमाडौंलाई सिंगारिएको छ । 

विमानस्थलबाट तीनकुने आइपुग्दा नेपालको कला संस्कृति, पुरातात्विक सम्पदा, राष्ट्रिय जनवार, पक्षी आदिझल्कने तस्वीरले सजाइएको छ । पोखराको फेवाताल, डोल्पामो शे–फोक्सुण्डो तालदेखि नेपालका प्रसिद्ध मठ, मन्दिर, पर्यटकीय क्षेत्रको सचित्र झल्काइएको छ । सम्मेलनमा भाग हुने देशको झण्डा जताततै फहराइएका छन् ।

माइतीघर मण्डलाको रङरोगन गरी मण्डलालाई बेहुलीझैँ सिँगारिएको छ । झिलिमिली बत्तीको व्यवस्था गरिएको छ ।

रत्नपार्क वरीपरिका विज्ञापन राखिने पोलहरुमा अहिले विज्ञापन हटाएर भूटान, म्यानमार, बंगलादेश, भारत, थाइल्याण्ड, नेपाल र श्रीलंकाका सहभागि राष्ट्र प्रमुखहरुको तस्वीर राखिएको छ । 

यसैबीच भीभीआइपीको सुरक्षा र सहजताको लागि नेपाल सरकार , सम्बन्धित निकायहरु र टाफ्रिक प्रहरीले सक्दो प्रयास गरिरहेका छन् ।

काठमाडौँ उपत्यकामा बुधबारदेखि शुक्रबारसम्म जोर विजोर नम्बरका सवारी सञ्चालन हुने छन् । नियमका अनुसार पहिलो दिन बुधबार आज विजोर नम्बरका गाडी मात्रै चलेका छन् । 

जोर-विजोर प्रणाली लागुभएपछि सडकमा सवारी साधनको संख्या कम भएको छ । सवारी साधनको संख्या कम भएकाले कतै जाम नभए पनि सर्वसाधरणलाई भने सास्ती भएको छ । 

घण्टौं कुर्दा पनि यात्रुहरुले सार्वजनिक सवारी नपाएपछि हिँडेरै गन्तव्यतर्फ जान बाध्य भएका छन् ।

बुधबारबाटै मुख्य सडकमा विशिष्ट पाहुनाको ओहोर दोहोर भइरहने भएकाले पनि सर्वसाधारणलाई मुख्य सडकको यात्रा थप कष्टकर भएको छ । 

विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु र कालिमाटी हुँदै सोल्टी होटलसम्मको सडकलाई मुख्य रुट निर्धारण गरिएको छ । वैकल्पिक रुटका रूपमा त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, स्वयम्भू सीतापाइला, कलंकी, रविभवन हुँदै सोल्टी होटलसम्म निर्धारण भएको हो ।

यसैगरी विमानस्थल, तीनकुने, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कालीमाटी हुँदै सोल्टीहोटलसम्मको अर्को वैकल्पिक रुट तय गरिएको छ ।

विमानस्थलबाट सोल्टी होटलसम्म भीआइपीको सवारी चल्ने बेलामा प्रहरीले यात्रुहरुलाई सडकको किनारामै रोकेको छ भने सवारी साधनलाई भित्री गल्ली प्रयोग गर्न भनिएको छ । 

भाडाका सवारी साधनहरु कम चलेका कारण गन्तव्यमा हिँडेका नागरिकहरु सडकका किनारामा उभिएर गाडी कुरिरहेको दृश्य जतात्यतै देखिएको छ ।

हेर्नुहोस् पोलमा यसरी सजाइएका छन् विशिष्ठ अतिथिका तस्वीरहरूः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?