एशियाड: २० वर्षपछि नेपाललाई ऐतिहासिक सफलता, प्याराग्लाइडिङले जित्यो रजत पदक

जाकार्ता । प्याराग्लाइडिङले इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’मा रजत पदक जितेको छ । 

बुधवार सम्पन्न भएको प्याराग्लाइडिङको पुरुष क्रश कन्ट्री विधाको अन्तिम चरणको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै रजत पदक जितेको हो । जारी ‘एशियाड’मा  प्याराग्लाइडिङले पहिलो रजत पदक जित्दै तेक्वान्दोकी सविता राजभण्डारीको नाममा रहेको सो रेकर्ड समेत तोड्न सफल भएको हो ।

तेक्वान्दोकी राजभण्डारीले राखेको रेकर्ड प्याराग्लाइडिङले २० वर्षपछि तोडेको हो । थाइल्याण्डमा सम्पन्न १३ औँ ‘एशियाड’मा राजभण्डारीले पहिलो रजत पदक जितेको थियो । यसै संस्करणमा सहभागी भएको नेपाली प्याराग्लाड्रिड टिमले पदक जित्दै ऐतिहासिक सफलता हात पारेको हो।

यहि विधाको स्वर्ण पदक भने जापानले जित्यो । त्यस्तै, दक्षिण कोरियाले कास्य पदक हात पार्‍यो ।  नेपालले प्याराग्लाइडिङमा पदक जितेसँगै  १८ औँ ‘एशियाड’मा पदकको खडेरी समेत तोडेको छ । 
यसअघि मंगलवार टिम क्रस कन्ट्री इभेन्टको चौँथो चरणको समाप्तिसँगै नेपाली पुरुष टिम  दोस्रो स्थानमा उक्लिएको थियो। नेपालको कुल २ हजार ७ सय ९८ अंक जोडेको थियो । पहिलो स्थानमा रहेको जापानको ३ हजार २ सय ९८ अंक थियोे ।

नेपाली टिमका म्यानेजर शैलेन राउतले वेष्ट जाभास्थित गुनुस मास पुनकेकमा बुधबार भएको अन्तिम राउण्डको खेलमा नेपालका ५ मध्ये ३ खेलाडीले टास्क पुरा गरेको जानकारी दिए । 

नेपालले कूल ११ हजार ३ सय ६४ अंक जोड्दै दोस्रो स्थान हात पारेको हो। पहिलो भएको जापानले कूल ११ हजार ३ सय ९१ अंक बनाएको थियो । नेपाल स्वर्ण पदक जित्नबाट मात्र २७ अंकले पछि परेको समेत म्यानेजर राउतले बताए । 

कप्तान विमल अधिकारीको नेतृत्वमा रहेको नेपाली टिममा विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन्। यस अघि  पहिलो र दोस्रो राउण्डमा तेस्रो भएको नेपाली टोली तेस्रो राउण्डमा भने चौँथो भएको थियो। 

यसअघि भएको पुरुष र महिला व्यक्तिगत र टिम एक्कुरेसीतर्फ भने नेपाल पदक विहिन बनेको थियो । जारी ‘एशियाड’मा नेपालबाट ५ पुरुष र ३ महिला खेलाडी सहभागी थिए । 

एशियाली खेलकुदको इतिहासमा नेपालको पदक संख्या २४ पुगेको छ । 

यहाँ पनि हेनुहोस् :-

https://lokpath.com/story/54188

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?