विमला वलीको राजीनामामा अर्को नयाँ ट्वीस्ट

लोकपथ
793
Shares

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले गरेको भनेको राजीनामामा ट्विीस्ट देखिएको छ ।

बुधबार मुख्यमन्त्री समक्ष राजीनामा दिएको र राजीनामा समेत स्वीकृत भइसकेको भनिएपनि स्वंय उनले राजीनामा नदिएको बताएसँगै नयाँ ट्वीस्ट देखिएको हो ।

गत जेठ ३१ गते दाङका एकराज बस्नेतको घरभित्र प्रवेश गरी उनकी श्रीमती र नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री वलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो ।

‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसके’, बुधबार वलीको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए ।

तर वलीले भने आफूले कुनै राजीनामा नदिएको बरु कारबाही गरेर सरकारबाट हटाउन माग गरेको दाबी गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?