युएस ओपन टेनिसमा जोकोभिच र सिलिक दोस्रो चरणमा प्रवेश

अमेरिका । सर्वियाली नोभाक जोकोभिच र क्रोशियाका मारिन सिलिक जारी युएस ओपन टेनिस च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेका छन् । 

न्युर्योकस्थित फ्लुसिङ मिड्समा बुधवार बिहान सम्पन्न भएको पुरुष एकलतर्फको खेलमा पुूर्व विश्व नम्बर एक जोकोभिचले हंगेरीका मार्टोन फुक्सोभिसलाई निकै प्रतिस्पर्धात्मक ३-१ को सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका हुन् ।

खेलको पहिलो सेट ६-३ ले जितेको जोकोभिचले दोस्रो सेटमा भने हार बेर्होरेका थिए । उनले दोस्रो सेट ६-३ ले गुमाएका थिए ।

त्यसपछिका बाँकी दुई सेटमा सुधारिएको खेल प्रर्दशन गरेका थिए । तेस्रो सेट ६-४ र अन्तिम सेट ६-० ले आफ्नो पक्षमा पारे । 

त्यस्तै, बुधवार बिहानै भएको अर्को खेलमा क्रोशियाका मारिन सिलिकले रोमानियाका मरियस कोपिललाई २-० को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । उनले कोपिललाई पहिलो सेटमा ७-५ र दोस्रो सेटमा ६-१ ले हराएका थिए । तर अन्तिम सेटमा भने कोपिल घाइतेपछि वाकओभर दिएका थिए ।

बुधवार बिहानै भएका अन्य खेलहरुमा साइप्रसका मार्कोस बाग्डाटिस, फ्रान्सेली गेइल मोन्फिल्स, रिचार्ड ग्यासकुइट र जर्मनीका फिलीप कोहल्सहाइबेर आ-आफ्नो खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?