यी आठ कुराले बढाउन सक्छ दिमागको क्षमता

तपाईं सबैलाई यो समस्या आउन सक्छ कि, कसैको नाम या कसैको ठाउँको नाम सम्झने कोशिश गरिरहनुभएको हुन्छ तर याद नै हुँदैन । उमेर बढ्दै जाँदा स्मरण शक्ति पनि कम हुँदै जान्छ । तर, आफ्नो दिमागलाई तन्दुरुस्त राख्न सक्यो भने स्मरण शक्ति बढ्न सक्छ ।

यदि तपाईं पनि आफ्नो दिमागको क्षमता बढाउन चाहनुहुन्छ भने यी उपाय अपनाउन सक्नुहुन्छः

व्यायाम गर्नुस्

व्यायाम गर्दा दिमागको शक्ति बढ्छ । व्यायामले दिमागमा भएका कोशिकाको सङ्ख्यालाई बढाउँदै लैजान्छ र नयाँ कोशिका पनि उत्पादन गर्न सहयोग गर्छ । कार्डियो अभ्यास गर्दा तपाईंले धेरै अक्सिजन लिनुहुन्छ । यदि यही अभ्यास आउटडोरमा गर्नुभयो भने भिटामिन डी पनि मिल्ने गर्छ ।

मुभमेन्टका साथ याद गर्नुस्

यस्तो तरिकाको प्रयोग खास गरी अभिनेताहरु गर्छन् । यदि कोही चीज चल्दै गर्नुभयो भने उसलाई सम्झिने सम्भावना अझ बढी हुन्छ । यदि तपाईंलाई कुनै प्रस्तुती या स्पीच दिन छ भने यसका तयारीका लागि हिँड्दै सम्झँदै गर्दा फाइदाजनक हुन्छ ।

सन्तुलिन भोजन

यदि तपाईंलाई सुगर या अरु केही रोग छ भने ती रोगको केही हिस्साले दिमागलाई असर पारिरहेका हुन्छन् । दिमागको कामकाजी हालत ग्लुकोजको स्तरमा पनि फरक पर्छ ।
यदि तपाईंले सुगरको लेभललाई नियन्त्रणमा राख्न सक्नुभएन भने दिमाग कन्फ्युज हुन सक्छ । यसकारण सन्तुलित भोजनको प्रयोग गर्दा दिमाग तेजिलो हुन्छ ।

दुनियाँबाट केही पर हुन पनि सिक्नुहोस्

तनाव दिमागका लागि काम लाग्छ । किनकि, आपतकालीन अवस्था सिर्जना हुँदा दिमागले सोच्न थाल्छ । तर, धेरै तनाव हुनु भनेको ठूलो समस्या हुन जान्छ । यसैले समय समयमा अरुबाट केही टाढा हुनु दिमागका लागि पनि लाभदायक हुन्छ । तर, यो बेला दिमागलाई अरु सिर्जनात्मक काममा भने शान्ति बनाएर लगाउन सक्नुहुन्छ ।

नयाँ चुनौतीको खोजी

दिमागलाई तन्दुरुस्त राख्नका लागि यो जरुरी छ कि, तपार्ईं नयाँ काम पनि गर्नुस् । चुनौती लिनुस् । जस्तो कि, नयाँ भाषा सिक्दा, नयाँ काम गर्दा पनि तपाईंको दिमाग फ्रेस हुने गर्छ । बरु कहिलेकाहीँ अनलाइन गेम पनि खेल्दा यसले फाइदा पु–याउँछ ।

तर धेरै गेममात्र खेल्यो भने चाहिँ त्यसले दिमाग नै बोधो बनाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?