एसपीपीबारे अमेरिकालाई पठाएको पत्र किन दखाउँदैन सरकार ? : भीम रावल

लोकपथ
98
Shares

काठमाडाैं । नेकपा एमालेका सांसद डा. भीम रावलले नेपाल संसदीय समितिले दिएको निर्देशन विपरित् रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको आरोप लगाएका छन् । एसपीपीबारे अमेरिकालाई सरकारले पठाएको पत्र उपलब्ध नगराएकाे बारे रक्षा मन्त्रायमार्फत सरकारमाथि प्रश्न उठाएका हुन् ।

बुधवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै सांसद रावलले रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको आरोप लगाएका  हुन् ।

समितिले अमेरिकी सरकारसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौताबारे जानकारी गराउन निर्देशन दिए पनि त्यसको अवज्ञा गर्दै रक्षा मन्त्रालयको तर्फबाट पठाइएकाे पत्रले समितिकै अवज्ञा गरेको बताए । पत्रमा भनिएकाे थियाे। ‘कागजात उपर गराउने सम्बन्धमा मन्त्रीपरिषद्को निर्णय यसलाई अघि नबढाउने भएको हुनाले व्यहोरा सम्मानित समितिमा सभापतिबाट निर्देशित गराउँछु ।’ यसबारे रावलले समितिको निर्देशन विपरितको पत्र भएकाे बताएका छन् ।

रावलले कानुनी र प्रशासनिक दृष्टिकोणबाट पनि यो समितिको निर्देशन विपरितको पत्र भएको दाबी गरे । समितिले बारम्बार एसपीपीको बारेमा स्पष्ट जानकारी सरकारसँग माग गरेपनि सरकारले अमेरिकालाई पठाएको पत्र वा मन्त्रीपरिषद्काे निर्णय नै नपठाइ बिना अर्थको पत्र समितिमा पठाएको उनले बताए ।

रावलले संविधानले अख्तियार प्रदान गरेको समितिलाई कुनै एउटा मन्त्रालयले यस किसिमको पत्र लेख्न नसक्ने जिकिर गरेका थिए ।

सांसद रावलले समितिको बारेमा नेपाल सरकार र सम्बन्धित निकायलाई राम्रोसँग जानकारी नरहेको भन्दै मन्त्रालयको समितिलाई पठाएको पत्र आपत्तिजनक रहेकोसमेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?