काठमाडौं । चौथो बिम्सटेक सम्मेलनमा सहभागी हुने विशिष्ट पाहुनाहरुलाई सरकारले विशेषज्ञ सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।
आकस्मिक स्वास्थ्य उपचार सेवाको व्यवस्था वीर अस्पताल, त्रि.वि शिक्षण अस्पताल, निजामती अस्पताल, काठमाडौं मेडिकल कलेज, प्रहरी अस्पताल, पाटन अस्पताल, नेपाल मेडिसिटी अस्पताल, नर्भिक अस्पताल र ग्राण्डी अस्पतालमा मिलाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य उपचारका लागि विमानस्थल, सम्मेलनस्थल र तोकिएको होटलहरुमा पनि भेन्टिलेटरसहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली तयारी अस्थामा राखिने भएको छ ।
जसको लागि जनरल फिजिसिय, सर्जन, अर्थोपेडिक सर्जन, एमडी जनरल प्राक्टिस्नर, एनेस्थेसियोलोजिस्ट, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट तथा नर्ससहितटोली खटाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया