३१ आश्विन २०७८, आईतवार

भदौ २४ पछि प्रधानसेनापतिमा थापा नियुक्त

२०७५,भाद्र,१३,बुधबार ०७:१७


काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानसेनापति पदमा नियुक्त गरेकी हुन् । 

यसअघिका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भदौ २४ गतेबाट अनिवार्य अवकाश दिै छन् । सेनाका कामु प्रधानसेनापति थापा २४ गते पछि स्वत प्रधानसेनापति बन्ने छन् । 

नवनियुक्त प्रधानसेनापति थापाको जीवनी– 

रथी श्री पूर्णचन्द्र थापाको जन्म वि।सं।२०१७ साल भाद्र २५ गते तदनुसार सन् १९६० सेप्टेम्बर ०९ तारिखमा गाउंशहर-८, लम्जुङ्गमा भएको हो । उहां वि.सं.२०३६ सालमा अधिकृत क्याडेटमा भर्ना भई वि.सं.२०३७ साल मंसिर २७ गते (1980/12/12) गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त हुनु भएको थियो । आफ्नो ३५ वर्ष लामो सैनिक सेवाको दौरान रथी थापाले विभिन्न तहमा विविध कमाण्ड तथा स्टाफ नियुक्तिहरु सम्हाल्नुकासाथै देश तथा विदेशमा थुप्रै तालिम, सेमिनार एवं अभ्यासहरुमा सहभागि हुनुभएको थियो ।

उहांले सेनानी दर्जामा अनाश्रित गुल्म श्री श्रीजंग गुल्मको कमाण्ड गर्नुको साथै जंगी अड्डामा स्टाफ अधिकृत र सैनिक शिक्षालयमा शिक्षक तथा डाईरेक्टिङ्ग स्टाफको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । प्रमुख सेनानी रहंदा उहांले श्री श्रीजंग गण कमाण्ड गर्नुको साथै बाहिनीमा G-3 (Ops) को कार्य सम्हाल्नु भएको थियो । उहांले प्रमुख सैनिक सचिवालयको कार्यलयमा प्रमुख सेनानी हुदां सम्पर्क अधिकृत तथा महा सेनानी दर्जामा  स्टाफको जिम्मेवारी सफलतापुर्वक निर्वाह समेत गर्नु भएको थियो ।

आन्तरिक द्वन्द्वको अवस्थामा, उहांले पश्चिम पृतना हे।क्वा।मा सह चिफ अफ स्टाफ (अपरेशन)को महत्वपुर्ण तथा चुनौतिपुर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नु भएको थियो । सहायक रथीमा श्री नं.२ बाहिनी अड्डाको कमाण्ड सफलतापूर्वक सम्पन्न गर्नु भए पश्चात, उहांले जंगी अड्डामा सैनिक सचिव तथा श्री कल्याणकारी योजना निर्देशक जस्ता महत्वपुर्ण जिम्मेवारीहरु सम्हाल्नु भएको थियो ।

उहां वि.सं. २०६९ साल जेष्ठ ०२ गते उपरथी दर्जामा पदोन्नती हुनुभई कार्यरथी विभागमा नियुक्त हुनु भएको थियो । तत्पश्चात उहाँले श्री भ्याली पृतनाको कमाण्ड सफलतापुर्वक सम्पन्न गर्नु भएको थियो भने त्यसपछि जंगी अड्डास्थित सम्भार रथी विभागमा कार्यरत हुनु भएको थियो ।

उहांले संयुक्त राष्ट्र संघमा पटक पटक गरी विभिन्न नियुक्तिमा सेवा गर्दै विविध अनुभव संहाल्नु भएको छ । सन् १९८६ मा उहांले लेवानन् स्थित संयुक्त राष्ट्र संघको UNIFIL मिशनमा से.मु.पति र सोही मिशनमा १९८९ मा अपरेशन डिउटी अधिकृतको जिम्मेवारीमा सेवा गर्नु भएको थियो । उहांले सैनिक परिवेक्षकको रुपमा १९९४ मा पूर्व युगोस्लाभाकिया स्थित UNPROFOR मा कार्यरत रहनु भएको थियो ।

त्यस्तै संयुक्त राष्ट्र संघको नेपाल स्थित UNMIN मिशन रहंदा त्यस अन्तर्गतको संयुक्त सुपरिवेक्षक समन्वय समिती (JMCC) मा नेपाल सरकार तथा नेपाली सेनाको प्रतिनिधीत्व गर्ने सह-अध्यक्षको भुमिका निर्वाह गर्नु भएको थियो । वि.सं.२०७१ साल माघ २५ गतेदेखि २०७२ माघ २४ सम्म संयुक्त राष्ट्र संघको मध्यपूर्व स्थित ईजरायल तथा सिरियाको सिमानास्थित Golan Heights मा United Nation Disengagement Observer Force (UNDOF) मिशनको ज्भबम या Head of Mission तथा Force Commander जस्तो महत्वपुर्ण जिम्मेवारीमा नियुक्त हुनु भएको थियो ।

रथी थापाले स्वदेशमा गर्नु पर्ने विभिन्न तालिमका साथै Battalion Support Weapon, Young Officer Course (Infantry) र Security Courses for Officers भारतमा तथा Infantry Officers’ Advance Course र Executive Course  संयुक्त राज्य अमेरिकामा गर्नु भएको छ । यसका साथै उहांलेCommand & Staff Collage नेपाल बाट र National Defense Course भारत बाट सम्पन्न गर्नु भएको छ ।

रथी थापाले त्रिभुवन विश्वविद्यालयबाट Humanities and Social Science मा स्नातक गर्नुका साथै भारतको मद्रास विश्वविद्यालयबाट Defense and Strategic Studies मा स्नाकोत्तर गर्नुभएको छ ।
उहां “सुप्रवल जनसेवा श्री”, “सुप्रवल गोरखा दक्षिण बाहु” र “प्रख्यात त्रिशक्ति पट्ट चौथा”बाट सम्मानित हुनुहुन्छ ।

सेनाको जागिर उहांको लागि पुस्ताको गरिमासंग जोडिएको छ । उहांको हजुरबुबा र बुबा दुवै जना नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । उहा बाबु प्र.से. श्री फणेन्द्र बहादुर थापा (अ.प्रा.) र आमा सावित्री थापाको कान्छो सुपुत्र हुनुहुन्छ । उहांको परिवारमा बुबा, आमाको साथै श्रीमती दिपा, छोरी  रुरु र छोरा रौनक हुनुहुन्छ ।

उहां विशेष गरेर साईटसिईङ्ग, साईक्लिङ्ग र ट्रेकिङ्गमा विशेष रुची राख्नु हुन्छ । साथै उहाले भारत, चीन, वेलायत, अमेरिका, सिरिया, लेवानन्, ईजरायल, जोर्डन, चिलि, भेनेन्जुयला, साउथ कोरिया, स्विटजरल्याण्ड तथा मलेशिया आदी देशहरुको भ्रमण गर्नु भएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,१३,बुधबार ०७:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

दशैँमा देखिएको केही फरक र मनोरम दृश्यहरु
 २०७८,आश्विन,३१,आईतवार १२:३३