भीभीआईपीका कारण काठमाडौँमा सर्वसाधारणलाई सास्ती

काठमाडौं ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बिहीबार र शुक्रबार काठमाडौंमा हुँदैछ । 

सम्मेलनमा सहभागि हुन आउने पाहुनाको सुरक्षा र सहजतालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा बुधबारदेखि शुक्रबारसम्म जोर विजोर नम्बरका सवारी सञ्चालन गर्ने निर्णय भएको छ । 
यहि नियमका कारण पहिलो दिन बुधबार विजोर नम्बरका गाडी मात्रै चलेका छन् । 

जोरविजोर प्रणाली लागुभएपछि सडकमा सवारी साधनको संख्या कम भएको छ । घण्टौ कुर्दा पनि यात्रुहरुले यात्रा गर्न पाएका छैनन् । हिँडेरै गन्तव्यतर्फ लाग्न बाध्य भएका छन् ।

बुधबारबाटै मुख्य सडकमा विशिष्ट पाहुनाको ओहोर दोहोर भइरहने भएकाले पनि सर्वसाधारणलाई मुख्य सडकको यात्रा थप कष्टकर भएको छ । 

विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु र कालिमाटी हुँदै सोल्टी होटलसम्मको सडकलाई मुख्य रुट निर्धारण गरिएको छ । 

वैकल्पिक रुटका रूपमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, स्वयम्भू सीतापाइला, कलंकी, रविभवन हुँदै सोल्टी होटलसम्म निर्धारण भएको हो । 

यसैगरी विमानस्थल, तीनकुने, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कालीमाटी हुँदै सोल्टीहोटलसम्मको अर्को वैकल्पिक रुट तय गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?