ज्योति विकास बैंकको नयाँ शाखा ललितपुरको टीकाथलीमा

लोकपथ
91
Shares

काठमाडौं । ज्योति विकास बैंकले बुधबार ललितपुरको टिकाथलीमा ११८औँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

महालक्ष्मी नगरपालिका वडा नं. ५, ललितपुरस्थित टिकाथली शाखाको समुदघाट्न महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्तरुपमा गरेका हुन् ।

उद्घाटन् समारोहमा बैंकका संचालक समितिका सदस्य,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो । साथै, ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकले टीकाथली शाखा कार्यालय रहेको स्थानमा आजै देखि एटीएम सेवा पनि सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले टिकाथली शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यु आर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिंङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा शुन्य दशमलव २५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?