प्रभास र आमिर खान एउटै फिल्ममा?

मुम्बई – बलिउड अभिनेता आमिर खान र प्रभास एकसाथ फिल्ममा देखिने सम्भावना बढेर गएको छ । आमिर खानको ड्रिम प्रोजेक्ट ‘महाभारत’ निर्माण हुने लगभग पक्का छ । यो फिल्म तीन भागमा निर्माण हुनेछ भने महाभारत ग्रन्थमा आधारित हुनेछ ।

यतिबेला आमिर खान फिल्मको टिम बनाउनतिर लागेका छन् । भारतीय मिडियाका अनुसार आमिर खानले यस फिल्मका लागि बाहुबलीका सुपरहिरो प्रभासलाई सम्पर्क गरेका छन् । उनी चाहन्छन् कि, एक भूमिकामा प्रभासले अभिनय गरुन् । आमिरले बाहुबली हेरेर नै प्रभासलाई रुचाएका थिए ।

यस्तै आमिरले फिल्मको निर्देशकका रुपमा बाहुबलीका निर्देशक एसएस राजामौलीलाई नै छान्ने सोच बनाएका छन् । फिल्म ‘महाभारत’ एउटा बिग बजेटको फिल्म हुनेछ र यो फिल्म निर्माण गर्न पनि सामान्य निर्देशकले सक्ने छैनन् । बाहुबली हेरेपछि राजामौलीको कामबाट आमिर प्रभावित भएका थिए ।

समाचारका अनुसार दौपद्रीको भूमिकामा दीपिका पादुकोणले अभिनय गर्ने सम्भावना छ । आमिरले ‘पद्मावत’ हेरिसकेपछि दौपद्रीको भूमिकामा दीपिका फिट हुने स्रोतले बताएको छ ।

अन्य कलाकारको अझै टुंगो नलागे पनि फिल्ममा आमिर खान कृष्ण या कर्णको भूमिकामा देखिनेछन् । फिल्म झण्डै १ हजार करोडको लगानीमा निर्माण हुनेछ भने भीएफएक्सको पनि प्रयोग गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?