भीभीआइपीको सवारीमा खटेको कार्गेट मोटरसाइकल दुर्घटना, प्रहरी हवल्दार घाइते

काठमाडौं । बिम्सटेक शिखर सम्मेलनमा सहभागी अतिथिहरुको कार्गेट सुरक्षामा खटिएका ट्राफिक प्रहरी हवल्दार दिनेश श्रेष्ठ दुर्घटनामा परेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भीभीआइपीहरुको पछुवामा खटिएका हवल्दार श्रेष्ठले चलाएको बा २ ब २५६३ नम्वरको मोटरसाइकल कालिमाटीमा अनियन्त्रित भइ सडकको कर्नरमा पल्टीएको थियो । 

दुर्घटनाबाट उनका हात र खुट्टामा गम्भीर चोट लागेको छ भने कार्गेट (सेतो रंग) को मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकल अनियन्त्रित भइ सडक किनाराको रेलिङमा ठोक्कीएको थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनामा परेको मोटरसाइकल कालिमाटीमा र घाइते हवल्दारलाई उपचारका लागि बीर अस्पतालस्थित ट्रमा सेन्टर पठाइएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?