लोकपथ टप फिप्टिन हेडलाइन्स : देशभर १९औं धान दिवस मनाइयाे, बाढी र पहिरोले कतै डुबान त कतै पहिरो

लोकपथ
39
Shares

१  लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा दर्जनभन्दा बढी सडक अवरूद्ध, कतै डुबान त कतै पहिरो, त्रासमा नागरिक, सशस्त्र प्रहरी बलले सातै प्रदेशमा खटायो उद्दार टोली ।

२  आज असार १५ : ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ १९औँ राष्ट्रिय धान दिवस मनाइयो, सरकारीस्तरमा मनाइएको धान दिवसको उद्देश्यले कृषकलाई भने छोएन ।

३  स्थानीय तहहरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको टिप्पणी, विगतका कमी, कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्न स्थानीय तहलाई सुझाव ।

४  नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि ठूलो मात्रामा कृषिजन्य सामग्री आयात हुनु दुःखद् भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, आयात घटाउन कृषिजन्य उत्पादनलाई बढाउनुपर्नेमा जोड ।

५  पूर्वमाओवादीहरू एकजुट भएमा नयाँ शक्ति निर्माण हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ, नेत्रविक्रम चन्द, मोहन वैद्य, धर्मेन्द्र बाँस्तोलालगायतलाई मूलधारमा फर्किन आग्रह ।

६  धानको उत्पादन बढाउनका लागि यान्त्रिकरण, बजारीकरण, भण्डारण र किसानको लागत मूल्य निर्धारण गर्नु आवश्यक रहेको कृषिमन्त्री महिन्द्रराय यादवको भनाइ, हरेक पालिकाहरुले सामुहिक खेती प्रणाली र नमूना खेती सञ्चालन गर्नुपर्नेमा जोड ।

७  नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको गृहमन्त्री बालकृष्ण खाणको भनाइ, आगामी दिनमा एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने ।

८  सरकारले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्ने, बजार अनुगमन र मूल्य नियन्त्रणका लागि अनुगमन तथा निरीक्षण अधिकृत तोक्न स्थानीय तहलाई पत्राचार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको भनाइ ।

९  काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि, हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयको आग्रह ।

१०  बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २६१ पुग्यो, पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त ।

११  बुधबार सेयर बजारमा हरियाली, ४१.३९ अंकले बढ्यो नेप्से, व्यापार समूहका लगानीकर्ताले सर्वाधिक कमाए ।

१२  आगलागि भएपछि कोलम्बियाको जेलबाट भाग्न खोज्दा कम्तीमा ४९ कैदीबन्दिको मृत्यु, ४० जनाभन्दा बढी घाइते, मृतकको संख्या अझै बढ्न सक्ने ।

१३  जापानको राजधानी टोकियोको तापक्रम हालसम्मकै उच्च, सयौं मानिस हिटस्ट्रोकका कारण अस्पताल भर्ना ।

१४  नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अष्ट्रेलियाको भ्रमण गर्ने, दिपेन्द्र सिंह ऐरीको टी-ट्वान्टी अलराउण्डर वरीयतामा यथावत, बलिङ वरीयतामा सन्दीप लामिछाने ४०औं स्थानमा ।

१५   साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी जुलाई २५ देखि अगष्ट ५ सम्म भारतमा हुँदै, नेपाल र भारतसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी चार टिमले प्रतिस्पर्धा गर्ने, नेपाली रेफ्रीद्वय प्रज्वल केसी र किसन कन्हैया यादवले पनि च्याम्पियनसिप खेलाउने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?