संघीयता र भ्रष्टाचारको विरोधमा चित्रबहादुरको पार्टीले आन्दोलन गर्ने

काठमाडौं । चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संघीयता, भ्रष्टाचार र कर वृद्धिको विरोधमा आन्दोलन गर्ने भएको छ ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै कर वृद्धि, महङ्गी र भ्रष्टाचार तथा सङ्घीयताका विरुद्ध आन्दोलन गर्ने बताएका हुन् । 

त्यसका लागि राष्ट्रिय जनमोर्चाले आगामी  असोज २ गतेसम्म जिल्लास्तरमा कार्यक्रम बनाउन निर्देशन दिएको छ । 

जनमोर्चाले कर वृद्धिप्रति तीव्र असन्तोष प्रकट गर्दै अहिले भइरहेको कर वृद्धि सङ्घीयताको परिणाम भएको बताएको छ । उसले सङ्घीयतालाई खारेज गरेर नै अहिले बढेको कर कम गर्न सकिने जनाएको छ । 

जनमोर्चाले सङ्घीयता खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणालीको स्थापना गर्नुपर्ने माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?