करिब ६१ हजार अवैध अमेरिकी डलर सहित लैनचौरबाट दुईजना पक्राउ

काठमाडौं । केन्द्रीय राजधानीको लैनचौरबाट ठूलो परिमाणको अवैध अमेरिकी डलर सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु हुण्डी कारोबारी भएको अनुमान गरिएको छ । 

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले मंगलवार राति ठमेलबाट पिछा गरी ती दुईजनाको साथबाट ६१ हजार ६ सय २० अमेरिकी डलर बरामद गरेको हो । 

ठमेलमा डलरको अवैध कारोवार गरि लैनचौर जाँदै गरेको अवस्थामा सुनसरी धरान घर भई हाल गोंगबु बस्ने वर्ष ३५ को अमर विक र रुकुम सिस्ने घर भई हाल गोंगबु नै बस्ने २१ वर्षीय धनबहादुर खड्काको साथबाट यतिको अवैध अमेरिकी डलर बरामद भएको हो । 

प्रहरी वृत्तका अनुसार, उनीहरु डलर संकलन कार्यमा संलग्न हुण्डी कारोवारीका भरिया हुन सक्ने भनाई प्रहरीको छ । 

यति ठूलो मात्रामा नेपालीको साथबाट अमेरिकी डलर बरामद भएको यो वर्ष कै पहिलो घटना हो । पक्राउ अभियुक्त र बरामद डलरको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?