मनिषा कोइरालाले गरिन् ‘हिरामण्डी’को श्रीगणेश

लोकपथ
143
Shares

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको अभिनय रहने वेब सिरिज ‘हिरामण्डी’को छायांकन सुरु भएको छ ।

करीब दुई सय करोडको लगानीमा बनिरहेको वेब सिरिजको सुरुवात मनिषा र अदिती राव हैदरीको दृश्य खिच्दै सुरु गरिएको हो ।

वेब सिरिजकै लागि कत्थक नृत्यको प्रशिक्षण लिइरहेकी ऋचा चड्डा चाँडै सिजिमा जोडिनेछिन् । यो वेब सिरिज ‘सेक्रेट गेम्स’ पछिको हालसम्मै महत्वाकांक्षी प्रोजेक्ट हो ।

सिरिजका लागि मुम्बईमा दुई विशाल र भव्य सेट बनाइएको छ । यसमध्ये एक सेटमा सिरिजको पहिलो सेड्युल खिचिनेछ । पहिलो दिन मनिषाले सिरिजको श्रीगणेश गरिन् । उनीसँगै अदितीले पनि सहभागिता जनाइन् । सुटिङको सुरुवात मुजरेबाट गरिएको छ । यो गीत हप्ता दिन लगाएर छायांकन गरिनेछ । त्यसपछि मात्र अन्य कलाकार सिरिजमा जोडिनेछन् ।

सञ्जय लीला भन्सालीको निर्देशन रहने सिरिजमा हुमा कुरेशीको पनि अभिनय छ । यो सिरिजबाट निर्देशक भन्साली ओटीटीमा डेब्यू गर्दैछन् । उनले सिरिजकै लागि करिब ७० करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?