काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले किसानहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार नेता पौडेलले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवलाई भेटेर किसानको समस्या समाधानका लागि आग्रह गरेका छन् ।
देशभर धान दिवस मनाइरहँदा नेता पौडेल भने किसानका समस्या समाधानका लागि पहल गर्न माग गर्दै सिंहदरबारस्थित मन्त्रीलाई भेट्न पुगेका हुन् ।

‘आज धान दिवस भनेर सबैले शुभकामना व्यक्त गर्नुभयो। मौखिक शुभकामनाले किसानल] राहत पाउने, मल पाउने सम्भावना हुँदैन। किसानको मुख्य समस्या भनेको मलको अभाव हो,’ मन्त्रीसँगको भेटपछि पौडेलले भने, ‘अहिले किसानले मल नपाएको स्थिति छ। यो कुरालाई तत्काल सम्बोधन गर्न आवश्यक छ। यिनै कुरामा सरकारको ध्यानाकर्षण गर्न मन्त्रीजीसँग छलफलका लागि आएको हुँ।’
उनले राज्यका नागरिकका लागि दुःख गरिरहेका किसानले सहजै मलखाद नपाउने कुरा स्वाभाविक नभएकोसमेत बताए। ‘राज्यका नागरिकका लागि किसानले दुःख गरिरहेको छ। किसानले गर्ने उत्पादन बढाउन राज्यका तर्फबाट सहुलियत दिने काम सरकारको हो,’ पौडेलले भने, ‘सरकारले आफ्नो उपस्थिति देखाउन पनि त्यो गर्नुपर्ने हुन्छ। किसानले सहजै मल नपाउने कुरा स्वाभाविक होइन।’
सो क्रममा नेता पौडेलले रोपाइँको समयमा किसानहरुले मलखाद नपाएर दुख भोगिरहेको भन्दै उनीहरुको समस्या समाधानको लागि तत्काल पहल गर्न आग्रह गरेका छन् । त्यसैगरी मन्त्री यावदले छिट्टै किसानको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज देशभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाइएको छ । तर किसानहरुले मल नपाएको भन्दै अघिल्ला वर्षहरुमा जस्तो यस वर्ष धान दिवसमा रौनक देखिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया