बिम्सटेक सम्मेलन : अधिकांश विद्यालय आजैबाट बन्द

काठमाडौं ।  यहि भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनका लागि काठमाडौं उपत्यकाका धेरैजसो निजी विद्यालय आज (बुधबार) बाटै बन्द भएका छन् । गाडी भएका ७० प्रतिशत विद्यालय बन्द भएका हुन् । 

सरकारले १४ र १५ गते काठमाडौं, भक्तपुर र ललितपुरका सबै शिक्षण स.स्था बन्द गर्ने निर्णय गरिसकेको छ । 

निजी तथा आवासीय अर्गनाइजेसन नेपाल प्याब्सनका अनुसार गाडीबाट विद्यार्थी ओसार्नु पर्ने धेरैजसो विद्यालय आजैदेखि बन्द भएका जनाएको छ । आज बिजोर नम्बरका गाडी मात्र चलाउन पाइने भएपछि विद्यालयनै बन्द गर्नु परेको बताए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँमा हुन लागेको बिम्सटेक सम्मेलनका लागि बिहीबार र शुक्रबार उपत्यकाको सबै शिक्षण संस्था बन्द गर्न संघीय मामिला तथा सामान्य प्रशासनमार्फत निर्देशन दिएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?