अब बिजुली किनबेचका लागि ‘बिम्सटेक ग्रीड’

काठमाडाैं : नेपालका खोलानालाबाट बिजुली उत्पादन गरि विदेशमा बेच्ने र अपुग भएका बेला किन्ने लक्ष्यलार्इ सघाउनेगरि 'बिमस्टेक ग्रीड'को नयाँ अवधारणाम सम्झाैता गर्न लागिएको छ । 

बहुपक्षीय प्राविधिक तथा अार्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) शिखर सम्मेलनअघि बसेको बिम्सटेक सचिवस्तरीय बैठकले 'बिम्सटेक ग्रीड'मा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

यो सम्झाैतापत्रमा हस्ताक्षर भएपछि बिम्सटेक सदस्य मुलुकहरूले उर्जा अापूर्तिका लागि साझा प्रसारणलार्इन निर्माण गर्नेछन् र बिजुलीको किनबेचलार्इ सहज बनाउनेछन् । 

नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेश, थार्इल्याण्ड र म्यानमारका बीच यस्तो साझा 'बिमस्टेक ग्रीड' निर्माण हुनेछ । सम्झाैताअनुसार काम भए भारतमा उत्पादित अाणविक उर्जादेखि थार्इल्याण्डको सोलार र नेपालको जलविधुत समेत यस ग्रीडमा जोडिनेछ । 

हाल निर्माणाधीन अायोजनाबाट अावश्यकताभन्दा बढि विधुत उत्पादन हुने र त्यो खेर जाने अवस्था रहेको अांकलन गरिएको बेला 'बिमस्टेक ग्रीड' जडान भए नेपालको बिजुली भारत हुँदै बंगलादेशबाट म्यानमार र थार्इल्याण्डसम्म पुग्नेछ ।

तर, द्वीदेशीय कुटनीतिक स्वार्थका कारण यो ग्रीडको अवधारणा सम्झाैतामै सिमित हुने अाशंका गरिएको छ । उर्जा उत्पादनमा नेपाल र भारतबीचको द्वन्द्व एवं थार्इल्याण्ड र म्यानमारसम्म अन्तरदेशीय प्रसारणलार्इन विस्तारमा कुटनीतिक समस्या अाउने देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?