महिलालाई रक्सीको मात किन बढी ?

एजेन्सी : विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ ।

सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् ।

रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ ।

रक्सीको खराब असर महिलामा देखिन थालेको छ ।

अमेरिकाको सरकारी आँकडा अनुसार २०००देखि २०१५बीच ४५ देखि ६४ वर्ष उमेरका महिलाहरूको मृत्यु सिरोसिसबाट हुने गरेको छ ।यो रोगबाट मर्नेहरूको संख्यामा ५७ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

यो उमेर समूहका पुरूषहरूको सिरोसिसले मृत्यु दर बृद्धि २१प्रतिशतले हुने गरेको देखिएको छ ।

यसैगरी २५ देखि ४४ वर्ष उमेर समूहको महिलामा सिरोसिसबाट मृत्यु हुने दरमा १९ प्रतिशतले बढेको छ ।

तर यो उमेर समूहको पुरूषमा मृत्यु हुने दर १० प्रतिशतले घटेको देखिएको छ ।

यति मात्रै होइन रक्सीको बढी मात्राले बिरामी भइ अस्पताल पुग्ने महिलाहरूको संख्यामा बृद्धि भइरहेको छ ।

महिलाहरूमा रक्सीको असर पुरूषको तुलनामा भिन्न किसिमले हुने गरेको पाइन्छ ।

वैज्ञानिकहरूका अनुसार महिलाको शरीरमा अल्कोहल डिहाइड्रोगेनेज (एडीएच) नाम गरेको इन्जाइम थोरै सिमित मात्रमा निस्कन्छ ।

यो इन्जाइम लिभरबाट निस्कन्छ । यो इन्जाइमले रक्सीलाई टुक्राउने काम गर्छ । 

शरीर भित्रको बोसोले अल्कोहललाई बचाउँछ तर शरीरको पानीले उसको  असरलाई कम गर्छ ।

प्राकृतिकरूपमा बढी बोसो र कम पानी शरीरमा भएकाले अल्कोहलले महिलाको शरीरमा नाटकीयरूपले असर गर्छ ।

हार्वर्ड मेडिकल स्कूलमा मनोविज्ञानका प्रोफेसर र म्याकलिन हस्पिटल म्यासाच्युएटसमा एडिक्शन साइकोलजिस्ट सुगरम्यानले रक्सीका कारण महिलाको शरीरमा पुरूषको तुलनामा धेरै समस्या हुने सम्भावना हुने गरेको बताए ।

रक्सी खाने महिलामा पुरूषको तुलनामा बढी बानी बस्छ र मेडिकल समस्या बढी हुन्छ ।

यसलाई टेलिस्कोपिंग भनिन्छ ।

एक दशक अघि महिलाबारे यस किसिमको जानकारी उपलब्ध थिएन् ।

किनभने पहिला रक्सी सम्बन्धी सर्वेक्षण पुरूषमा मात्र गरिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?