३१ आश्विन २०७८, आईतवार

भार्डी र काहिलले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

२०७५,भाद्र,१३,बुधबार ०४:१०


इंग्ल्याण्ड । इंग्ल्याण्डका फर्वार्ड जेमी भार्डी र डिफेन्डर ग्यारी काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । 

नयाँ युवा खेलाडीहरुलाई अवसर दिने भन्दै भार्डी र काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

तीनवर्ष अघि मात्र्र भार्डीले इंग्ल्याण्डको राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले आयरल्याण्डविरुद्ध खेल्दै सिनियर राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । भार्डीले राष्ट्रिय टिमबाट ७ गोल गरेका थिए । 

त्यस्तै, काहिलले सन्यास लिने यहि सहि समय भएको बताएका छन् । साथै, उनले राष्ट्रिय टिमबाट खेल्न पाउनु गौरवको विषय भएको समेत जानकारी दिए । 
 
३२ वर्षे काहिलले सन् २०१० मा इंग्लिस टोलीमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीबाट ६१ खेल खेल्दै ५ गोल गरेका छन् ।

प्रकाशित मिति: २०७५,भाद्र,१३,बुधबार ०४:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग बराबरी गरेका छन् । माल्दिभ्समा शनिबार सम्पन्न

काठमाडौं । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आईपुग्ने भएका छन्

काठमाडौं । नेपालले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेल खेल्दै छ । नेपालले यसअघिका साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रामात्रै तय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ ।

ताजा समाचार

सुदूरपश्चिम : दशैँमा ९ जनाको मृत्यु
 २०७८,आश्विन,३१,आईतवार १०:४९