२३ श्रावण २०७९, सोमवार

आईपीओ निष्काशनकाे दोस्रो दिनमै प्रक्रिया रोक्न माग

२०७९,असार,१५,बुधबार १४:०१

27
Shares

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयलाई आईपीओ निष्काशन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न माग भएकाे छ । गोसाईकुण्ड गाउँपालिका-१ कार्यालयले आईपीओ निष्काशन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न आयोजनासँग माग गरेको हो ।

वडाध्यक्ष उर्केन छिरिङ तामाङले मंगलबार पत्रमार्फत आईपीओ निष्काशनको प्रक्रिया रोक्न माग गरेका हुन् । भूकम्प र कोरोना महामारीका कारण प्रभावित ‘क’ वर्गमा परेको वडा नम्बर १ थुमन र २ टिमुरेका स्थानीयवासी शेयर भर्न असक्षम रहेको उनले बताए । जारी मिति सारेर शेयर भर्नका लागि कम्पनी वा क्यापिटलले बैंकबाट ऋणको व्यवस्था मिलाउनुपर्ने समेत उनले बताए ।

तर, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले निष्काशन सुरु भइसकेकाले प्रक्रिया रोक्न नसक्ने बताएका छन् ।
सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि कम्पनीले आईपीओ निष्काशन गरेको थियो । रसुवावासीका लागि रसुवागढीले एक सय रुपैयाँ अङ्कित ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्काशन गरेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

कम्पनीले गोसाईंकुण्ड गाउँपालिका-१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ, वडा नम्बर ५ चिलिमे र गोसाईंकुण्ड गाउँपालिका–४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ ।

कम्पनीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२, टिमुरेमा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८३ प्रतिशत काम सकिएको छ ।

 

प्रकाशित मिति: २०७९,असार,१५,बुधबार १४:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । माई पे डिजिटल वालेटले नयाँ विशेषता सहितको माई पे क्वाइन सार्वजनिक गरेको छ । एक क्वाइन बराबर एक

काठमाडाैं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ ‘टु-एस’ सर्भिस

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ ।

ताजा समाचार