प्रचण्डलाई घनश्यामको ‘रिप्लाई’ : ‘अब बिउहरु उम्म्रन्न’

लोकपथ
143
Shares

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालमा कम्युनिष्ट एकता आवश्यक रहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित कम्युनिष्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा बोल्दै नेता भुसालले छरिएर नेपालका कम्युनिष्ट पार्टीहरुको भविष्य नरहने भन्दै एकतावद्ध हुनुपर्नेमा जोड दिए ।

उनले सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति टिप्पणी गर्दै सो कुरा बताएका हुन् ।

आज पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नेकपा एमालेमा आफूहरुले कम्युनिष्टको बिउ छोडेर आएको बताएका थिए ।

सो कुराको टिप्पणी गर्दै नेता भुसालले भने, ‘हुन त आज कमरेड प्रचण्ड कहीँ भन्नुभएछ( हामीले एमालेमा बीऊ रोपेका छौं, हेर्नुहोला फल्छ भनेर। त्यो एउटा खास धारा उत्साहित र संगठित गर्नका लागि उहाँले जे भन्नुभएको छ यसलाई सम्मान नै गर्नुपर्दछ । तर आजको आवश्यकतालाई उहाँले अझै बुझ्नुभएन। माओवादीको बीऊ, एमालेको बीऊ, समाजवादीको बीऊ अब यी बीऊहरू उम्रन्न।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?