८ महिने शिशुको हत्याको विरोधमा महोत्तरीमा प्रदर्शन

महोत्तरी ।  महोत्तरीको बर्दिवास-औरही-जलेश्वर सडक खण्ड अवरुद्ध भएको छ । 

आठ महिने शिशुको अपहरणपछि हत्या भएको विरोधमा स्थानीयबासीले सडक अवरुद्ध गर्नुको सथै उनीहरुले बजार पनि बन्द गराएका छन् । औरही नगरपालिकाका १ का सन्तोष चौधरीको ८ महिने छोरी सोनाली कुमारी गत आइतबार हराएकी थिइन् । शिशुको शव भोलिपल्ट भंगाह नगरपालिका र औरही नगरपालिका १ को सिमानामा फेला परेको थियो ।

सन्तोषको पसलबाटै भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहले शिशुलाई चोरेर लगेको प्रहरीले जनाएको छ । 

तर, सोनालीको मृत्यु भएको तीन दिन हुँदा पनि प्रहरीले भरतलाई पक्रन नसकेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् । ।उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?