लुम्बिनीकी राज्यमन्त्री वलीले दिइन् राजीनामा

लोकपथ
91
Shares

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छिन् ।

स्वास्थ्य राज्यमन्त्री वलीले बुधबार पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।

गत जेठ ३१ गते उनले दाङका वाईसीयलका नेता एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेपछि चौतर्फी विरोध भएको थियो । उक्त घटनाको छानबिनका लागि समिति समेत गरिएको थियो । सो प्रकरणपछि उनको चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएकी हुन् ।

उनले आजै मुख्यमन्त्री कुलबहादुर केसी समक्ष राजीनामा पेश गरेको एक नेताले बताए ।

गत निर्वाचनमा दाङ क्षेत्र नं ३ (ख) बा निर्वाचिन उनका श्रीमान उत्तरकुमार वलीको निधन भएपछि उपनिर्वाचन मार्फत तत्कालिन नेकपाबाट उनी निर्वाचित भएकी थिइन् । तर नेकपा विभाजनका बेला एमाले छाडेर माओवादीतिर लागेकी थिइन् ।

यसअघि पनि उनै एकराजसँगको आपत्तिजनक तस्बिर सार्वजनिक भएपछि विवादमा तानिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?