अरुन्धती राय भन्छिन् “भारतमा गिरफ्तारी संविधान विरूद्ध सत्ता पलट”

एजेन्सी : भारतमा सामाजिक कार्यकर्ता , पत्रकार र कविलाई गिरफ्तार गरिएको घटनाको व्यापक विरोध गरिएको छ ।

लोकप्रिय लेखिका अरुन्धती रायले यसलाई संविधान विरूद्ध गरिएको सत्ता पलट भनेर टिप्पणी गरेकी छिन् ।

मंगलबार पुनेको प्रहरीले देशका विभिन्न ठाउँबाट मानवअधिकारकर्मीहरूलाई गिरफ्तार गरेको छ ।

यो गिरफ्तारी यो वर्ष जनवरी महिनामा महाराष्ट्रको भीमा कोरेगाउँमा भएको हिंसात्मक गतिविधिसँग जोडेर भएको छ ।

त्यो हिंसा दलितहरूको प्रदर्शनको क्रममा भएको थियो ।

प्रहरी अधिकारीहरूले दिल्ली , मुम्बई , राँची, हैदराबाद, र फरिदाबादलगायत कतिपय शहरमा छामारी गरिएको जनाएका छन् ।

गिरफ्तार गरिएकाहरूमा सुधा भारद्वाज, गौतम नवलखा, वरवर राव, वरनान गोन्जाल्भिस र अरूण फरेरा रहेका छन् ।

पाँचै जनालाई देशक भिन्न शहरहरूबाट गिफ्तार गरिएको छ ।

पुलिस ज्वाइन्ट कमिसनर शिवाजी बोडकेल कोरगाउँमा भएको हिंसामा नक्सवादी भनिने भारती माओवादीहरूको समर्थन रहेको जनाएका छन् ।

यी व्यक्तिहरूको सम्बन्ध माओवादीहरूसँग रहेको छ । माओवादी हिंसाका पछाडि उनीहरूको संलग्नता छ ।”

यो गिरफ्तारीको भारत भर व्यापक आलोचना भइरहेको छ ।

एम्नेस्टी इन्टरनेशनलले भारत सरकारलाई अभिव्यक्ति स्वतन्त्रताको रक्ष गर्न आग्रह गरेको छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले ट्विट गरी भनेका छन् “ भारतमा मात्र एक एनजीओलाई स्थान छ र त्यो हो आरएसएस । नयाँ भारतमा तपाईलाई स्वागत छ ।”

इतिहासकार रामचन्द्र गुहाले ट्विटेर यो मामिलामा सर्वोच्च अदालतले सक्दो छिट्टो हस्तक्षेप गर्नुपर्ने  माग गरेका छन् ।

वरिष्ठ वकÞील प्रशान्त भूषणले भने “ फÞासीवादी शक्तिहरू अब खुलेर सामुने आए ।”

लोकप्रिय लेखिका अरुन्धती रायले भनिन् “ देशभर एकसाथ भइरहेको गिरफ्तारी एक खतरनाक संकेत हो ।

यो सरकार डर दर्शाइर रहेको छ । लोक सरकारको साथ छोडिरहेको डर सरकारलाई भइरहेको यसबाट पुष्टि हुन्छ । ”

यो भारतीय संविधान विरूद्ध सत्ता पलट गर्न खोजिएको प्रयास भएको रायको टिप्पणी थियो ।

भारतका मानवअधिकारकमीहरूले यसको उद्देश्य मानवअधिकार आन्दोलनलाई ध्वस्त पार्ने रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?