२३ श्रावण २०७९, सोमवार

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप

२०७९,असार,१५,बुधबार १२:३६

45
Shares

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओका लागि निवेदन दिने म्याद थप गरेको छ । गत १ असारबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले स्थानीयलाई ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता सेयर निष्काशन गरेको हो । यसमा आवेदन दिने म्याद थप गरेर असार २२ गतेसम्म पुर्‍याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ का बासिन्दाहरुका लागि यस आइपीओ निष्काशन गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस आईपीओलाई ‘केयरएनपी डबल बी प्लस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यस आईपीओको लागि बिक्री प्रबन्धकको कार्य बीओके क्यापिटलले गर्नेछ ।

स्थानीय बासिन्दाले मन्दाकिनी हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखाबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: २०७९,असार,१५,बुधबार १२:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । माई पे डिजिटल वालेटले नयाँ विशेषता सहितको माई पे क्वाइन सार्वजनिक गरेको छ । एक क्वाइन बराबर एक

काठमाडाैं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ ‘टु-एस’ सर्भिस

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ ।

ताजा समाचार