विम्बल्डन : सेरेना विलियम्स पहिलो चरणमै निराश

लोकपथ
91
Shares

काठमाडौं । २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स वेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छिन् ।

हार्मोनी तानसँग निराश पराजित भएसँगै सेरेना दोस्रो चरणमा पुग्न असफल भइन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्‍यो । तानले ७-५, १-६, ७-६ ९१०-७०ं० को जित निकालिन् ।

तानले अब ३२औँ वरीयताकी सारा सोरिबेस टोर्मोको सामना गर्नेछिन् । साराले क्रिस्टिना म्याकहेलमाथि ६-२,६-१ को जित निकालिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?