सेञ्चुरी बैंकको संस्थापक सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

लोकपथ
65
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लिलामीमा राखिएको १८ लाख कित्ता बढी संस्थापक सेयरमा बोलपत्र पेश गर्ने बुधबार अन्तिम दिन रहेको छ ।

बैंकले ८ असारदेखि संस्थापक समूहको १८ लाख १२ हजार ८९ कित्ता सेयर बिक्रीमा राखेको थियो । यो लिलामी सेयरमा बुधबार बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै अन्य ईच्छुक योग्य व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी १० ले भाग जाने गरी खरिद आवेदन दिनुपर्नेछ ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?