७ कार्तिक २०७८, आईतवार

बिम्सटेकको १६औँ मन्त्रीस्तरीय बैठक आज बस्दै

२०७५,भाद्र,१३,बुधबार ०२:४०


काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक)को १६औँ मन्त्रीस्तरीय बैठक आज बस्ने भएको छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने उक्त बैठकमा सदस्य देशका परराष्ट्र/बाह्य मामिला÷विदेशमन्त्रीले सम्बोधन गर्न कार्यक्रम रहेको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् । 

त्यसैगरी बिम्स्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुनेछ । 

बैठकमा बङ्गलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भि. के सिंहले गर्ने छन् । 

यसैगरी म्यान्माका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिनेछन् । 

बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्दैछन् । 

प्रकाशित मिति: २०७५,भाद्र,१३,बुधबार ०२:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमाले नुवाकोटको ८८ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार उद्घाटन भएको एमाले १० औँ महाधिवेशन

काठमाडौं । सर्वोच्च अदालतमा दैनिक गोलाप्रथाबाट पेशी तोकिने भएको छ । आज बसेको नेपाल बार एशोशियसनको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश गरेका छन् । झापामा भएको एक कार्यक्रममा उनलाई एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । प्रदेश नं १ को प्रदेश सभाको बैठक कार्तिक १५ गतेसम्मका लागि स्थागित भएको छ । आइतबार दिउँसो प्रदेश

ताजा समाचार

उत्खनन र टापुका कारण बाढीको जोखिम
 २०७८,कार्तिक,७,आईतवार १७:२०
समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९
पीपीए रोकिएकाेमा इपानको आपत्ति
 २०७८,कार्तिक,७,आईतवार १६:५४
जिम्न्याष्टिक टोलीको बिदाइ
 २०७८,कार्तिक,७,आईतवार १६:२७