नयाँ मन्त्रीहरुलाई माधव नेपालको ‘ब्रिफिङ’

लोकपथ
156
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा सामेल भएका नयाँ मन्त्रीहरुसँग भेटघाट गरेका छन् ।

बुधबार बिहान अध्यक्ष नेपालले नयाँ मन्त्रीहरुसँग भेटघाट गरी प्रशिक्षण दिएका हुन् ।

पार्टी कार्यालय तीनकुनेमा अध्यक्ष नेपालले नयाँ मन्त्रीहरुलाई मन्त्री भएपछि के गर्ने भन्ने विषयमा ब्रिफिङ गरिरहेको एकीकृत समाजवादीका एक नेताले लोकपथलाई जानकारी दिए । उनका अनुसार नेपालले मन्त्रीहरुकै कारण सरकारको सफलता निर्भर रहने भन्दै काममा दत्तचित्त भएर लाग्न आग्रह गरेका छन् ।

यसअघि पनि नेपालले आफ्नो पार्टीबाट सरकारमा सामेल मन्त्रीहरुलाई प्रशिक्षण दिएका थिए ।

गडबन्धनमा आबद्ध दल एकीकृत समाजवादीले यसअघिका ४ मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई पठाएको छ । जसअनुसार शहरी विकासमन्त्रीमा मेटमणी चौधरी, संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम तथा रोजगारमन्त्रीमा शेरबहादुर कुँवर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?