सल्यानको सेतीगुराँसमा घर भत्किँदा एउटै परिवारका ५ जनाको मृत्यु

सल्यान : निरन्तरको बर्षा थेग्न नसकेर सल्यानको बागचौर नगरपालिका-४ सेतीगुराँस रामशिंह कामीको घर भत्कँदा एउटै परिवारका ५ जनाको मृत्यु भएको छ ।

रामसिंहलगायत एउटै घरका ५ जनाको मृत्यु भएको स्थानीयबासीले जानकारी दिएका छन् । रामशिंहकी श्रीमती रामकला, छोरीहरू गंगा र प्रमिला तथा छोरा रूपलालको मृत्यु हो । भत्किएको घरको भग्नावशेषबाट एकजना बालकलार्इ जिवितै उद्दार गरिएको छ । 

सल्यानमा केहीदिनदेखि अविरल बर्षा भर्इरहेको छ। यही बर्षाका कारण घरको गारोमा पानी पसेर रामशिंहको घर कमजोर बनिसकेको थियो । निरन्तर पानी परिरहेका बेला गएराती ९ बजेतिर उनीहरूको घर भत्किएको थियो । घर भत्कँदा सबैजना सोही घरम सुतिरहेका थिए ।

अहिले प्रमुख जिल्ला अधिकारीसहितको टोली  घर भत्किएको स्थानतर्फ अार्इरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?