पद्मश्री साहित्य पुरस्कारका लागि लम्सालको ‘अग्नि’सहित उत्कृष्ट १५ सूची घोषणा

लोकपथ
156
Shares

काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको हो ।

दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले जानकारी दिए ।

यस्ता छन् उत्कृष्ट पुस्तक

अग्नि- डा. नवराज लम्साल
अर्को भोर- केशवराज ज्ञवाली
एक सम्बोधन समयमाथि – दीनानाथ शर्मा
काफ्काको काम सकियो- राजव
गुरु- कविता राई
छाइल – लोकराज भट्ट
ताल्चा- दिलीप बान्तवा
निनाद – बल्लरी अलका आत्रये
पैतालामा हिउँ, आँखामा हिमाल- राजेन्द्रमान डंगोल
भिक्षूसँग प्रेम- उषा हमाल
भोजपुरको बाङ्मय – डा. विप्लव ढकाल
महाभारा – बसन्त बस्नेत
मिथ्या- दीपक पराजुली
यादहरूको संग्राहलय- केवल विनाबी
सत्यमोहन- गिरीश गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?