पोखराका मेयर आचार्य शाह र काठमाडौंका मेयर शाहबीच भेट, के भयो कुराकानी ?

लोकपथ
260
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यबीच भेटघाट भएको छ ।

मंगलबार मेयर शाह र आचार्यबीचको भेटमा बजेट निर्माण तथा अन्य समसामयिक विषयमा छलफल भएको मेयर आचार्यको सचिवालयले जनाएको छ ।

पोखराका मेयर आचार्यले साउनको पहिलो साता पोखरामा आयोजना गर्न लागेको देशका ६ वटै महानगरपालिका प्रमुख र प्रशासकीय अधिकृतहरुको भेलाको लागि प्रस्ताव गरेका छन् ।

‘पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच आज अनौपचारिक रुपमा उहाँकै कार्यकक्षमा शिष्टाचार भेट भयो । भेटमा बजेट निर्माण तथा अन्य समसामयिक बिषयमा छलफल भए । साथै पोखरा महानगरका मेयर धनराज आचार्य ज्यूले देशै‌भरिका ६ वटै महानगरपालिका‌‌ प्रमुख र प्रमुख प्रससकिय अधिकृतहरुको सँयुक्त बैठक श्रावण महिनाको पहिलो साता पोखरामा आयोजना गर्ने प्रस्ताव गर्नुभयो ।’ मेयर आचार्यको सचिवालयले भनेको छ ।

यसअघि मेयर आचार्यले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसँग भेटघाट गरी नगर विकासको विकासमा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?