२३ श्रावण २०७९, सोमवार

इयोन मोर्गनले लिए अन्तर्राष्ट्रिय खेलबाट संन्यास

२०७९,असार,१५,बुधबार ११:१६

72
Shares

काठमाडौं । इङ्ल्यान्ड क्रिकेट सीमित ओभरका कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । १६ वर्षे लामो क्रिकेट करियरमा मोर्गनले इङ्ल्यान्डलाई पहिलो एकदिवसीय विश्वकपको उपाधि दिलाएका थिए ।

इङ्लिस क्रिकेटको सबैभन्दा सफल मध्येका एक मोर्गनले १२६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा इङ्ल्यान्डको कप्तानी सम्हाले । यसमध्ये इङ्ल्यान्डले ७६ खेलमा जित हासिल गरेको थियो ।

मोर्गनले इङ्लिस टिमबाट कुल २४८ अन्तर्राष्ट्रिय खेल खेले । जमसमा १४ सतकसहित उनले सात हजार सात सय एक रन बनाए । टेस्ट क्रिकेटमा पर्याप्त मौका नपाएका मोर्गनले १६ खेलमा दुई सतकसहित सात सय रन बनाएका छन् ।

यस्तै, मोर्गनले ७२ ट्वान्टी २० खेलमा इङ्ल्यान्डको कप्तानी सम्हाले । यसमध्ये ४२ खेल इङ्लिस टिमले जितेको थियो ।

कुल एक सय १५ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेलेका मोर्गनले यसमा दुई हजार चार सय ५८ रन बनाए । आयरल्यान्डमा जन्मिएका मोर्गनले क्रिकेट करियरको सुरुवात पनि आयरल्यान्डबाट नै गरेका थिए । उनले आयरल्यान्डबाट सन् २००६ मा स्कटल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । पहिलो खेलमा नै मोर्गनले ९९ रनको इनिङ खेलेका थिए ।

प्रकाशित मिति: २०७९,असार,१५,बुधबार ११:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज

काठमाडौं । राष्ट्रियसभा सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सनको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् । आज (साेमबार) बसेको राष्ट्रियसभा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघले मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय

ताजा समाचार